|
मंसिर १८, २०८२
भक्तपुर, मंसिर १८ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निजी निवासको निर्माण कार्य बिहीबारबाट सुरु भएको छ।
एमाले नेता महेश बस्नेतका अनुसार अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्यले सो निर्माण कार्यको शिलान्यास गरेकी हुन्।
पार्टीका नेतृ–नेता र कार्यकर्ताहरूले नयाँ निवासलाई “ओली कुटी” नाम दिएका छन्। यसअघि भदौमा भएको जेनजी प्रदर्शनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित निजी निवासमा आगजनी गरिएको थियो। त्यसपछि ओली हाल गुण्डु क्षेत्रमा बस्दै आएका छन्।
नेता बस्नेतका अनुसार सो निवास स्थानीय गुण्डुवासीको सहयोगमा निर्माण गर्न लागिएको हो।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्