|
२०८२ मंसिर १८
बागलुङ नगरपालिका–८ सिगाना सेरामा बरेङबाट बागलुङ तर्फ आउँदै गरेको गाडी नम्बर ग ३ च ४८३४ दुर्घटनामा परेको छ। दुर्घटनामा चालक सुसान्त जिसीसहित आठ जना घाइते भएका छन्। घाइतेमा प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, चन्द्र भण्डारी र झुपा भण्डारी छन्। सबै घाइतेलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याइएको छ। प्रहरी घटनास्थलमा पुगेको छ र थप जानकारी संकलन भइरहेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्