काठमाडौँ, मंसिर १७, २०८२ – टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवसमा विगतका वर्षहरूमा भएका विकास र सामाजिक सुधारका कामहरू उजागर गरेको छ।
नगरप्रमुख प्रकाश अधिकारीका अनुसार, निर्वाचित हुनु अघि हिलाम्मे रहेका सडकहरू अब वडा नं. १ देखि ११ सम्म स्तरोन्नत भएका छन्। सामुदायिक विद्यालय सुधार गरी विद्यार्थी र अभिभावकको आकर्षण बढाइएको छ। कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने कार्यक्रम जारी छ।
नगरपालिकाले सडक बत्ती समस्या समाधान गर्दै प्रत्येक घरमा डिजिटल सूचना बोर्ड जडान गर्ने योजना अघि बढाएको छ। स्वास्थ्य क्षेत्रमा ५० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिन्छ र जटिल रोगीलाई सहयोग प्रदान गरिन्छ। शिशु जन्मिनासाथ रु ५ हजार आर्थिक सहायता पनि उपलब्ध गराइन्छ।
प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले भने, “समुन्नत टोखा नगरको अवधारणाअनुसार हरेक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छ र सकारात्मक परिवर्तन देखिएका छन्।”

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्