सातै दिनमा गोलभेँडाको मूल्यमा ठूलो गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १६

काठमाडौँ, १६ मंसिर २०८२ – राजधानीका तरकारी बजारमा एक हप्तामा गोलभेँडाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। कालीमाटी तरकारी बजारको मूल्य विवरणअनुसार, भारतीय सानो गोलभेँडाको मूल्य ३२ प्रतिशतले घटेर प्रतिकिलो ८५ रुपैयाँ पुगेको छ। अघिल्लो हप्तामा यसैको मूल्य १०५ रुपैयाँ रहेको थियो।

लोकल सानो गोलभेँडाको मूल्य १९.०५ प्रतिशतले घटेर ८५ रुपैयाँ प्रतिकिलो कायम भएको छ। सानो टनेल गोलभेँडाको मूल्य १७.२९ प्रतिशतले घटेर ११० रुपैयाँ प्रतिकिलो पुगेको छ। सानो तराई गोलभेँडाको मूल्य पनि १६ प्रतिशतले घटेर १०५ रुपैयाँ प्रतिकिलो कायम भएको छ।

विशेषज्ञका अनुसार मौसमी तरकारीहरूको आपूर्ति बढ्दा र माग कम हुँदा मूल्यमा गिरावट आएको हो। उपभोक्ताहरूका लागि यो समाचार खुशीको हो भने किसानहरूका लागि चुनौतीपूर्ण समयको संकेत पनि हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *