|
२०८२ मंसिर १६
रौतहटको गौर–चन्द्रपुर सडकखण्डमा आज बिहान ८:३० बजे तीन सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय विजय साहको होटलसमेत क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बडहर्वातर्फबाट आउँदै गरेको स्कार्पियोले चपुरतर्फ जाँदै गरेको अर्को स्कार्पियो र बाटोमै रोकी राखिएको अटोमा ठक्कर दिएको थियो।
घाइतेहरूमा ३० वर्षका पवन यादव, ११ वर्षका अंकित महतो, २४ वर्षका सुरेन्द्र कुमार साह, ५० वर्षका शिवजी साह, ३९ वर्षका मंगल पटेल र १० वर्षका तारिक वस्ता छन्। प्रहरी टोली तत्काल घटनास्थल पुगेको र तीनै सवारी नियन्त्रणमा लिएको छ। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Marcel4017
December 3, 2025https://shorturl.fm/BMrY6