|
मंसिर १६, २०८२
गाईघाट — त्रियुगा नगरपालिकाको नयाँ चारतले भवन सोमबारबाट सञ्चालनमा आएको छ। आठ कट्ठा जग्गामा रु १२ करोड १३ लाख १० हजारको लागतमा निर्माण गरिएको यो भवन सुविधा सम्पन्न छ।
नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। प्रमुख बस्नेतका अनुसार भवन निर्माणको खर्च ५० प्रतिशत अनुदान र ५० प्रतिशत आन्तरिक स्रोतबाट भएको हो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्