|
मंसिर १६, २०८२
उदयपुरको कटारी नगरपालिका–१४ मा एउटा बोलेरो करिब ४ सय मिटर तल खस्दा एक जनाको ज्यान गएको छ। ललितपुर–९ का ३४ वर्षीय दिपेन्द्र केसी उक्त गाडी आफैं चलाएर ताप्ली गाउँपालिका–५, रुपाटारतर्फ जाँदै गर्दा सोमबार साँझ दुर्घटना भएको हो।
सिद्धिचरण लोकमार्गको पाखिमारे क्षेत्रबाट गाडी भीरमा खसेपछि केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। परिवारसँग उनको अन्तिम सम्पर्क शनिबार राति भएको थियो।
मृतकको शव मंगलबार बिहान प्रादेशिक अस्पताल कटारीमा पोस्टमार्टमका लागि पुर्याइएको छ। गाडी क्षतविक्षत अवस्थामा भीर तल भेटिएको र अन्य क्षतिको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
इलाका प्रहरी कार्यालय कटारीको टोली घटनास्थलमा थप अनुसन्धान तथा उद्धार कार्यमा संलग्न छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्