|
मंसिर १३, २०८२
काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ उडान भरेको बुद्ध एयरको विमान अवतरणको बेला चरा ठोक्किएको घटना भएको छ। शनिबार भएको उक्त घटना फ्लाइट नम्बर ६१७, दर्ता नम्बर 9N-AOC रहेको विमानमा भएको हो।
विमानमा रहेका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ। अवतरणपछि विमानलाई पोखरास्थित प्राविधिक टोलीले विस्तृत जाँच तथा निरीक्षण कार्य गरिरहेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्