१ असईसहित २० प्रहरी सम्पर्कविहीन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १०

काठमाडौँ : एकजना प्रहरी सहायक निरीक्षक (असई) सहित २० जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा एकजना असई, एक जना हबलदार, चारजना सहायक हबलदार, दुईजना कार्यालय सहयोगी, एक जना प्राविधि प्रहरुी जवान र बाँकी बाँकी सबै प्रहरी जवान छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *