|
२०८२ आश्विन २१
काठमाडौं, असोज २१ – नेपाल प्रहरीका १८ जना कर्मचारी केही समयदेखि कार्यस्थलमा बिना जानकारी अनुपस्थित रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
गैरहाजिर भएकाहरूमा २ जना सहायक हवल्दार, १५ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी छन्। प्रहरी प्रधान कार्यालयका अनुसार तोकिएको प्रक्रिया अनुसार सूचना टाँस गरेर पनि उनीहरू सम्पर्कमा नआएको हो।
सूचनामा उल्लेख भएअनुसार, तोकिएको समयभित्र सम्पर्कमा नआएमा नेपाल प्रहरी नियमावलीअनुसार सेवाबाट निष्कासन गरिने चेतावनी दिइएको छ।
गैरहाजिर भएको कारण खुल्ने गरी लिखित स्पष्टीकरणसहित सात दिनभित्र आ–आफ्नो कार्यालयमा हाजिर हुन भनिएको छ।



दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्