काठमाण्डौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ । मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।
एमालेका संगठन विभागका सचिव माधव ढुंगेलले कतिपय जिल्लामा मंगलबारबाट जिल्ला(जिल्लामा महाधिवेशनको प्रतिनिधि छनौटको कामका लागि प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरुपमा प्रकाशन गर्ने निर्देशन दिइएको बताएका छन् ।
निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरुपमा प्रकाशन गर्ने निर्देशन दिइएको छ। केन्द्रीय कमिटीले परिपत्र गरिसकेको छ। सचिवालय बैठकले प्रतिनिधि छनोटको संख्याको विषयलाई थप प्रष्ट पारेको छ। सोहि अनुसार संगठन विभागले निर्देशन दिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्