चिनियाँ नागरिकमाथि खुकुरी प्रहार

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ८, २०८२
Daksu Media

गोरखा — सहिद लखन गाउँपालिका–४ सिँजाली मावि भवन निर्माणस्थलमा कार्यरत एक चिनियाँ नागरिकमाथि आइतबार राति खुकुरी प्रहार भएको छ। भवन निर्माण कार्यका लागि खटिएका चिनियाँ नागरिक थोङमाथि स्थानीय कामदार मिलन आलेले राति करिब सवा ८ बजे आक्रमण गरेको गोरखा प्रहरीले जनाएको छ।

लजिस्टिक इन्चार्जका रूपमा कार्यरत थोङलाई खाना पकाउने जिम्मेवारीसमेत सम्हाल्दै आएका कामदार आलेले खुकुरी प्रहार गरेका थिए। टाउकामा गम्भीर चोट लागेका थोङलाई तत्काल उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको छ।

आक्रमणका क्रममा रसुवा घर भएका अर्का एक कामदार पनि घाइते भएका छन्। उनी ढाड, कान र गालातिर घाइते भएको वडा अध्यक्ष थापाले बताए। घाइते दुबै जनाको गोरखा अस्पतालमै उपचार भइरहेको छ।

घटनापछि कामदार मिलन आले फरार रहेको र उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *