साढे ८ लाख नयाँ मतदाता थप

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ६, २०८२

काठमाडौँ ।  जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचन घोषणा भएको बीचमा देशभरका करिब ८ लाख ३७ हजार नयाँ मतदाताको नाम दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुलेको नामावली संकलनमा पुरुष ४ लाख ७३ हजार ३४५, महिला ३ लाख ६३ हजार ७७८ र अन्य ६१ जना मतदाता थपिएका छन्।

यस अवधिमा आयोगको नियमित प्रक्रियामार्फत ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक प्रणालीमार्फत ४ लाख ९२ हजार १८० जना नयाँ मतदाता सूचीकृत भएका छन्।

यो अघि १६ कात्तिकसम्म कुल मतदाता संख्या १ करोड ८१ लाख ६८ हजार २३० रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *