निर्माणाधीन रामजानकी रंगशाला निरीक्षण गर्दै मन्त्रीद्वय घिसिङ र गुप्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ५

काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जनकपुरधामस्थित निर्माणाधीन रामजानकी रंगशालाको निरीक्षण गरेका छन् ।

शुक्रबार बिहानै मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशाला पुगेर निरिक्षण गरेका हुन् ।

उनीहरूले रंगशाला निर्माणको कार्य रोकिनुका कारण, खेल मैदानको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् ।

रंगशाला निरीक्षणका क्रममा मधेशको खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट संघका पदाधिकारी, खेलाडीहरूले त्यहाँको वस्तुस्थितिको विषयमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *