|
२०८२ मंसिर ४
काठमाण्डौँ । जेनजी आन्दोलनका क्रममा बुधवार दिनभर बन्द रहेको सिमरा विमानस्थलमा आज शान्तिपूर्ण ढंगले सञ्चालन आएको छ । सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले आज बिहानदेखि नै सबै उडान भइरहेको बताएका हुन् ।
बुधवार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो । एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए ।
‘आज हामीले सबै सुरक्षा निकायसँग समन्वय गर्दा विमानस्थलमा खासै त्यस्तो गतिविधि नहुने सङ्केत पाएपछि थप सुरक्षा बल प्रयोग गरेर हवाई उडान अवतरण गरेको सिमरा विमानस्थल प्रमुख अधिकारीले बताएका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Albert2487
November 20, 2025https://shorturl.fm/4DYvi