सुदनले दल दर्ताका लागि तीन समूहका जेन-जीलाई बोलाए छलफलमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाण्डौँ । ‘द काउन्सिल अफ जेन-जी’का संयोजक सुदन गुरुङले तीनवटा समूहमा विभाजित जेन-जीहरूलाई छलफलमा बोलाएका छन् ।

जेन-जी मुभमेन्ट अलायन्स र जेन-जी फ्रन्टका नेताहरूलाई गुरुङले बैठकका लागि बोलाएका हुन् । यस्तै गुरुङको समूह ‘द काउन्सिल अफ जेन-जी’पनि बैठकमा सहभागी हुनेछ

बुधबार हुने बैठकमा फागुनको निर्वाचन नजिकिँदै गर्दा कसरी अगाडि बढ्ने रणनिति बनाइने भएको छ । दल दर्ताका लागि जेन-जीहरू अलग अलग जाने या एकै ठाउँ उभिने विषयमा कुरा हुने भएको छ । सुदन गुरुङले नयाँ दल दर्ता गराउन लागेको अवस्थामा उनले अन्य जेन-जीहरूलाई पनि त्यसमै समाहित हुन प्रस्ताव गर्न सक्नेछन् ।

मङ्गलबार बेलुका यी तीन समूहबीच विभिन्न विषयमा छलफल भएको थियो । त्यसैको निरन्तरतास्वरूप गुरुङले यी तीन समूहबीच छलफल गराउन लागेका हुन् ।

गुरुङले काठमाडौंको वसन्तपुरमा बैठक बस्ने गरी उनीहरूलाई बोलाएका छन् । बैठक साँझ ६ बजेदेखि बस्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *