प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा कांग्रेस पनि सक्रिय, ओलीको एजेन्डासँग मेल

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २४, २०८२

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान थालेका छन्। प्रमुख सचेतक श्यामकुमार घिमिरेको अग्रसरतामा सुरु गरिएको अभियान सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीका लागि गरिएको हो।

सुरुमा निर्वाचनको पक्षमा उभिएको कांग्रेसभित्र पुनर्स्थापनाको एजेन्डा अघि बढ्दा त्यसले एमालेको मागलाई बल पुगेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले नै संसद् पुनर्स्थापनाको पक्षमा सडक आन्दोलनको घोषणा गरिसकेका छन्।

तर कांग्रेसभित्र यो विषयमा मतैक्य छैन। संस्थापन इतर नेताहरूले चुनावलाई नै निकास मान्दै पुनर्स्थापनाले नयाँ संकट निम्त्याउने चेतावनी दिएका छन्। यद्यपि एमाले र कांग्रेस दुबै पक्षबाट पुनर्स्थापनाको समर्थन बढ्दै जाँदा राजनीतिक गतिशीलता फेरि त्यसै दिशातिर मोडिएको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *