काठमाडौं — नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १४१.७५ र बिक्रीदर रु १४२.३५ तोकिएको छ।
त्यस्तै, युरोको खरिददर रु १६३.२५ र बिक्रीदर रु १६३.९४, पाउण्ड स्ट्रलिङको खरिददर रु १८६.१९ र बिक्रीदर रु १८६.९८ निर्धारण गरिएको छ।
अन्य प्रमुख मुद्रामा अष्ट्रेलियन डलरको खरिददर रु ९२.८४ र बिक्रीदर रु ९३.२३, क्यानाडियन डलरको खरिददर रु १००.९४ र बिक्रीदर रु १०१.३६, सिङ्गापुर डलरको खरिददर रु १०८.७५ र बिक्रीदर रु १०९.२१ रहेको छ।
जापानी येन (१०) को खरिददर रु ९.२० र बिक्रीदर रु ९.२४, चिनियाँ युआनको खरिददर रु १९.९० र बिक्रीदर रु १९.९९ तोकिएको छ।
त्यस्तै, साउदी रियालको खरिददर रु ३७.७९ र बिक्रीदर रु ३७.९५, कतारी रियालको खरिददर रु ३८.८९ र बिक्रीदर रु ३९.०५, युएई दिरामको खरिददर रु ३८.५९ र बिक्रीदर रु ३८.७६ कायम भएको छ।
राष्ट्र बैंकका अनुसार कुवेती दिनारको खरिददर रु ४६१.५६ र बिक्रीदर रु ४६३.५१, बहराइन दिनारको खरिददर रु ३७५.९९ र बिक्रीदर रु ३७७.५९, तथा ओमानी रियालको खरिददर रु ३६८.१६ र बिक्रीदर रु ३६९.७२ तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर रु १६० र बिक्रीदर रु १६०.१५ कायम गरिएको छ।
राष्ट्र बैंकले यो विनिमयदर आवश्यकतानुसार कुनै पनि समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुनसक्ने र अद्यावधिक विनिमयदर बैंकको वेबसाइटमा हेर्न सकिने जानकारी दिएको छ।
दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्