नेकपा एकीकृत समाजवादीभित्र फेरि फुट — रामकुमारी झाँक्रीसहित छुट्टै समूह गठन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १६

 काठमाडौ । नेकपा (एकीकृत समाजवादी)भित्र झलनाथ खनाल र घनश्याम भूसाल समूह पनि विभाजित भएको छ। नेता कृष्णकुमार श्रेष्ठले अध्यक्ष माधवकुमार नेपालको माओवादी केन्द्रसँग एकता गर्ने निर्णयप्रति असहमति जनाउँदै नयाँ समूह बनाउने तयारी भइरहेको बताएका छन्।

श्रेष्ठका अनुसार आफूसहित रामकुमारी झाँक्री, डा. वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा र अर्जुन राईलगायत नेताहरू छुट्टै छलफलमा छन्।

उनले घनश्याम भूसालको नेतृत्वमा अगाडि बढेको समूहमा नजाने निर्णय भइसकेको र एमालेमै फर्कने सम्भावना समेत खुला रहेको बताएका छन्। श्रेष्ठका अनुसार, “एमालेले सहज वातावरण बनाए देशभरबाट करिब १०० जना पुरानै घर फर्कने तयारीमा छन्।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *