|
कार्तिक १५, २०८२
काठमाडौं । शनिबार बिहानको खराब मौसमका कारण भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको छ।
बाक्लो बादलले हिमाल ढाकिएकाले माउन्टेन फ्लाइटहरू पनि रद्द भएका छन्।
पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असरले देशभर बदली बढेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा बादल लागेका छन् भने केही ठाउँमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्