यूएईसँग नेपालको लगातार दोस्रो हार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको छ।
नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।


नेपालका कप्तान रोहित पौडेलले १३० बलमा १०९ रनको शानदार शतक बनाए पनि टिम ५० ओभरमा २३३ रनमै अलआउट भयो।


यूएईका जाहिद अलीले ४ विकेट लिए।
यो नेपालको लगातार दोस्रो हार हो — यसअघि अमेरिका विरुद्ध पनि पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *