|
२०८२ कार्तिक ११
दाङ – नेपालगन्जबाट सल्यानको अर्वारे जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेको छ। राप्ती राजमार्ग अन्तर्गत सल्यानको बागचौर–४ बाङ्गेलाखुरी सडक खण्डमा लुप्र०१–००१ख ०२४१ नम्बरको को फोर्स गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
घाइतेमा दार्मा गाउँपालिका–५ बस्ने ३३ वर्षीय बुद्धिमान केसी, ६१ वर्षीया रत्न कुमारी वली र ५० वर्षीया टेक कुमारी वली रहेका छन्। घाइतेहरूको जिल्लामै सामान्य उपचारपछि घर फर्काइएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी हेमबहादुर केसीले जानकारी दिनुभयो।
दुर्घटना आज बिहान करिब ६ बजे भएको थियो। गाडी सडकबाट करिब ७ मिटर तल खसेको थियो र गाडीमा १४ जना यात्रु सवार थिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्