जेनजी आन्दोलनपछि बन्द हायात होटल पुनर्निर्माणपछि सञ्चालनमा आउने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ९
Daksu Media

काठमाडौँ — जेनजी आन्दोलनका क्रममा ठूलो क्षति पुगेपछि बन्द भएको पाँचतारे हायात रिजेन्सी काठमाडौँ होटल पुनर्निर्माणपछि पुनः सञ्चालनमा आउने भएको छ।

होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलनका क्रममा होटलका अतिथि कक्ष, रेष्टुरेन्ट, लबी, र चैत्य क्षेत्रलगायतमा ठूलो क्षति पुगेको छ। हाल क्षतिको मूल्याङ्कन भइरहेको र स्तरोन्नति तथा पुनर्निर्माणपछि करिब एक वर्षभित्र होटल पुनः सञ्चालनमा ल्याइने जनाएको छ।

होटलले पुनः सञ्चालनपछि अझ उत्कृष्ट सेवासहित नेपालकै फ्ल्यागशिप होटलका रूपमा पर्यटन र अर्थतन्त्रमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *