|
कार्तिक ८, २०८२
काठमाडौं । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीका ४० वर्षीय इन्द्रबहादुर खत्रीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ।
खत्री शुक्रबार रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका थिए र राति घर नफर्किएपछि शनिबार बिहान खोजी गर्ने क्रममा जंगलभित्र उनको शव फेला परेको हो।
स्थानीयका अनुसार शवको एउटा खुट्टा छिनालिएको अवस्थामा भेटिएको र बाघको आक्रमण हुनसक्ने अनुमान गरिएको छ।
प्रहरीले घटनाको अनुसन्धान जारी राखेको र कुन जनावरको आक्रमणबाट मृत्यु भएको हो भन्ने पुष्टि अनुसन्धानपछि मात्र हुने जनाएको छ।
स्थानीयले बाँके राष्ट्रिय निकुञ्जका अधिकारीहरू ढिलो घटनास्थल पुग्नुलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्