|
कार्तिक ८, २०८२
सुर्खेत, कात्तिक ८ — सुर्खेतको चौकुने गाउँपालिका–७ का २० वर्षीय भुवन धमला मृत फेला परेका छन्। कार्तिक ३ गतेदेखि बेपत्ता भएका उनी चार दिनपछि तामाधारा खोलाको ताताथाई क्षेत्रमा शव अवस्थामा भेटिएका हुन्।
भुवन चौकुने गाउँपालिका–१० को घाटगाउँमा लाग्ने भुवा जात्रा हेर्न गएका थिए। जात्रा हेरेर घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले घटनाको प्रकृति रहस्यमय रहेको बताउँदै अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।
यस घटनाप्रति चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विकले गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्