भाइटिकाको दिन पिता कृष्णबहादुर महराको गिरफ्तारीविरुद्ध छोरी प्रगतिको भावुक खुला पत्र

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक ६, २०८२

काठमाडौं – नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको गिरफ्तारीप्रति असन्तुष्टि जनाउँदै उनकी छोरी ८८कुश्मा महरा ‘प्रगति’८८ले भाइटिकाको दिन खुला पत्र सार्वजनिक गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक उक्त पत्रमा उनले बुबामाथिको पक्राउलाई “राजनीतिक प्रतिशोध” भन्दै निष्पक्ष न्यायिक प्रक्रिया सुनिश्चित गर्न आग्रह गरेकी छन्।

प्रगतिले लेखेकी छन्, “बुबा सत्य, इमान र निष्ठाको मानक हुन्, तर सुशासनको नाममा चलाइएका शक्तिले न्यायालयलाई नै निष्प्रभावी बनाएका छन्।”

पत्रमा उनले बाल्यकालदेखि जनयुद्धसम्मको पारिवारिक संघर्ष सम्झँदै हालको राजनीतिक परिवेशमाथि गम्भीर प्रश्न उठाएकी छन्। उनले एमसिसी परियोजनाको विरोधका कारण बुबामाथि नियोजित षड्यन्त्र भएको दाबी गर्दै भनिन्, “सत्यको पक्षमा उभिनु नै अहिले अपराधजस्तो बनाइएको छ।”

प्रगतिले भुटानी शरणार्थी, ललिता निवास, एनसेल, वाइडबडी र सहकारीजस्ता ठूला घोटाला लुकाएर “इमानदार नेताहरूलाई पटक–पटक थुन्नु अन्यायपूर्ण” भएको उल्लेख गरेकी छन्।

पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न उठाएकी छन्, “क्रान्तिकारीकै पार्टीमा इमानदार किन असुरक्षित छन्रु”

पत्रको अन्त्यमा उनले लेखेकी छन्, “यो दिपावलीले दुखीलाई सुख र अन्यायमा परेकालाई न्याय दिलाओस्। सत्य र इमानदारीमा अडिग रहनेका कहिल्यै शिर नझुकून्।”

कुश्मा महरा हाल नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानकी सदस्य सचिव छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *