कहाँ पड्काइएको थियो सबैभन्दा पहिलो पटाका ?

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक ६, २०८२

काठमाडौँ । आतिशबाजीको सुरुवात चीनमा भएको मानिन्छ। ईसापूर्व दोस्रो शताब्दीमा चिनियाँहरूले बाँसका टुक्रा आगोमा हाल्दा फुट्ने आवाजबाट दुष्ट आत्मा भगाउने विश्वास गर्थे।

पछि त्यहाँका रसायनशास्त्रीहरूले बारुद (गनपाउडर)को खोज गरे र त्यसलाई बाँस वा कागजका नलीमा भरेर पहिलो पटक पटाका पड्काए। यही प्रयोगबाट नै आधुनिक आतिशबाजीको सुरुवात भएको हो।

पछि यो परम्परा र प्रविधि व्यापार र यात्रामार्फत युरोपसम्म फैलियो।

आज विश्वभर उत्सव, चाडपर्व र समारोहहरूमा पटाका मनोरञ्जनको प्रमुख भाग बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *