|
कार्तिक ३, २०८२
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्काले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै घरमा प्रदर्शनकारीहरूले तोडफोड गर्दा आफू घरमै रहेको बताएका छन्। उनले भने, ‘मेरो घरमा कति पैसा थियो, कति विदेशी नोट थियो भन्ने कुरा प्रहरीमा दर्ज गरिएको छ। प्रदर्शनकारीहरूले दसैंका लागि राखेका २० र ५० रुपैयाँका नोटका बन्डल उडाएर फोटो खिचेका थिए।’
खड्काले यो घटना चरित्र हत्या गर्न गरिएको योजनाअन्तर्गत भएको पनि दाबी गरे। उनले आफू व्यवसायिक पृष्ठभूमिका कारण केही रकम हुनु अस्वभाविक नहुने बताए र त्यसबाट उनको छवि बदनाम गर्ने प्रयास भएको जिकिर गरे।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्