डेंगुले थला पारे, अफवाहले थिच्यो : पूर्वमन्त्री दीपक खड्का

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३

काठमाडौं | पूर्वऊर्जामन्त्री दीपक खड्काले डेंगु संक्रमणका कारण भारतको वेदान्त अस्पतालमा ११ दिन उपचार गरेर फर्किएको खुलासा गरेका छन्। आफूसँगै बच्चालाई पनि डेंगु लागेको र त्यसकै उपचारका लागि भारत गएका उनले बताएका छन्।

खड्काले उपचारको सम्पूर्ण मेडिकल रेकर्ड आफूले सुरक्षित राखेको जानकारी दिएका छन्। यस्तै समयमा आफ्ना विरुद्ध मिडिया र गृहमन्त्री ओमप्रकाश अर्यालबाट भ्रामक प्रचार भएको उल्लेख गर्दै उनले त्यसले परिवारलाई गहिरो असर पारेको बताए।

“बिरामी भएपछि भारत गएको थिएँ, ११ दिन वेदान्त अस्पतालमा बसेको रेकर्ड छ। बच्चा पनि सँगै थियो, उसलाई पनि डेंगु लागेको रहेछ,” खड्काले भने।

उनका अनुसार कार्तिक २४ गते आन्दोलनकारीहरु घरसम्म आइपुगेपछि अंगरक्षकहरूले उनलाई बाहिर निकालेका थिए र त्यसपछि उनी केही दिन सेनाको ब्यारेकमा बसेका थिए। त्यसपछि ३–४ दिन तराईमा रहेर उपचारका लागि भारत गएका थिए।

गृहमन्त्री र केही मिडियाले गलत सूचना फैलाएर समाजलाई भ्रममा पारेको आरोप लगाउँदै खड्काले प्रश्न गरे, “गृहमन्त्री र मिडिया कसका लागि काम गर्दै छन्?”

डेंगु र गलत प्रचारको दोहोरो चोटका कारण अहिले पनि उनकी श्रीमती ट्रमाबाट गुज्रिरहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *