जेनजी अगुवाहरूको माग: आन्दोलनको निष्पक्ष छानबिन र क्षतिपूर्ति दिनुहोस्

DaksuMedia दाक्सु मिडिया
|
अशोज ३०, २०८२

काठमाडौँ । गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा सहभागी भएका ७० भन्दा बढी अगुवाहरूले दमन, तोडफोड, आगजनी लगायत घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

संयुक्त विज्ञप्तिमार्फत् शहीद तथा घाइते परिवारलाई क्षतिपूर्ति र सहयोग गर्न, दोषीमाथि कारबाही गर्न र शान्तिपूर्ण आन्दोलनलाई अपराधीकरण नगर्न आग्रह गरिएको छ।

उनीहरूले भ्रष्टाचारका मुद्दा छानबिन गर्न अख्तियारलगायत निकायलाई पूर्ण स्वायत्तता दिनुपर्ने माग पनि गरेका छन्। साथै, आउँदो फागुन २१ को निर्वाचनमा सबै राजनीतिक दलहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

2 Comments

  1. Josie1485

    October 16, 2025
  2. Dora1309

    October 17, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *