|
अशोज २७, २०८२
काठमाडौं, २७ असोज – भेप र ब्रेक पार्ट्समा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)माथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
यसअघि सोही प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परिसकेका छन्। पुनका जेठा छोरा जितेन्द्र र कान्छा छोरा दीपेश सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप छ।
पुनका सचिवालयका सदस्य जीवनकुमार गुरुङ, आफन्त अमला रोका लगायत पनि यसै प्रकरणमा मुछिएका छन्। चिनियाँ समूहसँगको शंकास्पद सम्बन्धका आधारमा पुनमाथि अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्