|
अशोज २६, २०८२
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले शीतलनिवासमा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गर्दै सरकारमाथि लागेका ‘एनजीओबाट सञ्चालित’ भन्ने आरोप खारेज गरिन्।
उनले सरकार आफैंले सञ्चालन गरिरहेको भन्दै ढुक्क हुन आग्रह गरिन्।
छलफलमा भ्रष्टाचार नियन्त्रण, दोषीलाई कारबाही, र निर्वाचन समयमै गराउने विषयमा प्रतिबद्धता व्यक्त गरियो। अर्थमन्त्री रामेश्वर खनालले पनि कारबाही प्रक्रिया अघि बढिरहेको आश्वासन दिए।
यद्यपि, छलफलमा सबै पक्षको उपस्थिति नहुनु र स्पष्ट एजेन्डा नउठ्नुले छलफल प्रभावकारी बन्न सकेन।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्