तत्काल नेतृत्व छोड्दिनँ, पार्टीलाई सशक्त बनाउनेतर्फ लाग्छु

DaksuMedia दाक्सु मिडिया
|
अशोज २३, २०८२

पोखरा । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछिको परिस्थितिबीच पनि तत्काल नेतृत्व नछाड्ने स्पष्ट संकेत दिएका छन्। पोखरामा प्रदेश र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा ओलीले पार्टी एकता, सुदृढीकरण र नेतृत्व निरन्तरतामै जोड दिएका हुन्।

उनले आन्दोलन विदेशी शक्तिको चलखेलमा भएको दाबी गर्दै संसद् पुनर्स्थापनाको लागि कांग्रेससँग छलफल गर्ने बताएका छन्। केही नेताहरूले नेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणको माग गरे पनि ओलीले महाधिवेशन तोकिएको समयमै हुने बताएका छन्।

ओलीले सुरक्षा संयन्त्र कमजोर भएको स्वीकार्दै २४ गतेको घटनालाई नियोजित विध्वंसको संज्ञा दिएका छन्। उनका अनुसार, सरकार जेनजीका माग सम्बोधन गर्न प्रयासरत थियो तर षड्यन्त्रका कारण देश अस्थिरता तर्फ धकेलिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *