|
अशोज २२, २०८२
दसैंको लामो बिदापछि खुलेको सेयर बजार मंगलबार ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा बन्द भयो।
काठमाडौं । राजनीतिक अस्थिरता र राष्ट्र बैंक गभर्नरको राजीनामाको मागले लगानीकर्तामा ‘कन्फिडेन्स’ नबढेको स्टक ब्रोकर्सका पूर्वअध्यक्ष भरत रानाभाटको भनाइ छ।
मंगलबार सबै उपसमूहको सूचक घट्दा जम्मा १६ कम्पनीको सेयर मूल्य बढ्यो भने २३५ को घट्यो। कुल ४ अर्ब ६२ करोड बराबरको कारोबारमा युनियन हाइड्रोपावर अग्रस्थानमा रह्यो।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्