|
२०८२ आश्विन १७
दाङ, असोज १७ — विजया दशमीको बेलुकी तुलसीपुर–१२ हरिपौरीमा मोटरसाइकलको ठक्करले ६५ वर्षीय सन्तु चौधरीको ज्यान गएको छ।
राप्ती राजमार्गमा बेलुकी साढे ७ बजे ठक्करपछि गम्भीर घाइते भएका चौधरीलाई राप्ती प्रादेशिक अस्पताल लगिएको थियो। डाक्टरले उनलाई राति ८ बजे मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मोटरसाइकलको लेग-गार्डले ठक्कर दिएपछि चौधरी सडकमा लडेका थिए। स्थानीयले मोटरसाइकलमा दुई जना सवार रहेको बताएका छन् तर नम्बर भने नखुलेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्