|
२०८२ आश्विन १७
१७ असोज, जनकपुरधाम — महोत्तरीको बर्दिबास नगरपालिका–खैरमारामा आज बिहान बस दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ।
काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १४६३० नम्बरको बस सडकमा पल्टिएको हो। दुर्घटनामा परी स्थानीय ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
एकजना बसमा च्यापिएका छन् भने घाइतेहरुको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्