|
अशोज १३, २०८२
म्याग्दी, असोज १३ (रासस) — दशैंका लागि मुस्ताङबाट झारिएका भेडाच्याङग्राको मूल्य यस वर्ष घटेको छ। व्यापारीका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा मूल्य रु. ५ हजार र प्रतिकिलो जिउँदो च्याङग्रा रु. ५०–१०० सस्तो भएको छ।
नेपाल चौपाया संघका अनुसार यो वर्ष १४,६६८ भेडाच्याङग्रा बिक्री भएका छन्, जसको मूल्य रु. ३५ करोडभन्दा बढी पुगेको छ। मूल्य घट्नुको कारण च्याङग्राको आपूर्ति वृद्धि, उपभोग घट्ने आशंका र मुलुकको असहज अवस्था मानिएको छ।
मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट मुख्यतया च्याङग्रा झारिएको हो भने पोखरा, काठमाडौँ लगायतका सहरमा यसको खपत बढी भएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्