|
२०८२ आश्विन ५
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस–एमाले गठबन्धनपछि देशभरि जेन–जी आन्दोलन सुरु भएको बताए।
उनले केपी ओली नेतृत्वको सरकारले जनसेवा भन्दा बिचौलिया र स्वार्थ समूहलाई प्राथमिकता दिएकोले असन्तोष बढेको बताए। पुनले आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक कारणलाई आन्दोलनको मुख्य कारण भनेका छन् भने भू–राजनीतिक प्रभावलाई सहायक कारण ठहराएका छन्।
उनले आगजनी र लुटपाट गर्नेलाई निन्दा गर्दै राष्ट्रिय एकता र स्वाधीनताको संरक्षणमा जोड दिएका छन्। पुनका अनुसार जेन–जी आन्दोलनले पार्टी र राज्य संरचनामा व्यापक परिवर्तन आवश्यक रहेको सन्देश दिएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्