काठमाडौँ : यससाता सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार (असार २) तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य कारोबारको अन्तिम दिन असार ७ गते १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार जेठ ३२ मा सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ कायम भएकोमा त्यसपछिको साताको पहिलो कारोबार आइतबार १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भयो ।
यस्तै त्यसको भोलिपल्ट असार ३ अर्थात सोमबार घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार हुँदा मंगलबार र बुधबार पनि सोही मूल्य कायम भयो । बिहीबार भने सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ४२ हजार ८०० रुपैयाँ कायम हुन पुग्यो भने त्यसको भोलिपल्ट अर्थात कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढ्दै १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भयो । समग्रमा एक सातामा असार २ देखि ७ गतेसम्मको अवधिमा सुनको मूल्य १ हजार ९०० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।
चाँदीको मूल्य पनि एक सातामा प्रतितोला ४५ रुपैयाँ बढेको देखिन्छ । जसअनुसार असार २ गते १ हजार ८२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी ३ गते १८००, ४ गते १८१५, ५ गते १८०५ र ६ गते १८४० रुपैयाँमा कारोबार भयो । यस्तै साताको कारोबारको अन्तिम दिन शुक्रबार १८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्