×

समाज रुपान्तरणमा दुधकोशी टेलिभिजनले भुमिका खेल्नेछ – प्रवन्ध निर्देशक वन

अशोज २९, २०८० | दाक्सु मिडिया

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका – ५ स्थित सल्लेरीमा रहेको दुधकोशी खबर टेलिभिजनको कार्यालय उद्घाटन सम्पन्न भएको छ । गत श्रावण महिनादेखि विभिन्न खबर सम्प्रेषण सुरु गरेको यस मिडियाको आज सोलुखुम्बुबाट निर्वाचित संघिय सांसद मानविर राईले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो ।
दुधकोशी संचार प्राइभेट लिमिटेडद्वारा संचालित दुधकोशी खबर टिभी सुन्न र हेर्न सकिने गरि संचालनमा ल्याइएको छ । दुधकोशी खबरले समाजमा रहेको हरेक गतिविधिको गहिराईसम्म पुगेर समाचार सम्प्रेषण गर्दै आएको छ ।
सुचना तथा समाचार कै माध्यमबाट समाज रुपान्तरणमा भुमिका खेल्ने लक्ष्य रहेको टेलिभिजनका प्रवन्ध निर्देशक रमन वनले बताउनुभयो
कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी सहायक इन्चार्ज कृष्ण कट्वाल, दुर्गाबक्स गण सल्लेरिका प्रमुख सेनानी कुलदिप कुवर, राजनीतिक दलका नेताहरु, जिल्ला स्थित संचार माध्यमका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम दुधकोशी खबरका अध्यक्ष/प्रवन्ध निर्देशक रमन वनको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: