बाजुराका भूकम्पपीडित सोध्छन्- सरकारले सहयोग गर्छ भन्छन्, कहिले गर्छ?

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २३

बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ बिछ्या गाउँमा हिमपात भइरहेको थियो। गाउँलेहरू घरभित्रै आगो ताप्दै बसिरहेका थिए।

तिलक गुरूङको परिवार पनि आगो तापेरै बसेको थियो। एक्कासि घर हल्लिन थाल्यो। उनीहरू दौडेर बाहिर निस्के। भूकम्पले घरै भत्काउलाझैं गरेपछि हिमपातको प्रवाह नगरी गाउँ तलपट्टिको चौरतिर भागे।  

‘हिउँ र वर्षाको डरभन्दा भूकम्पको डर साह्रै लाग्यो, दिउँसो भएकाले भाग्न सकियो,’ तिलकले भने।

भूकम्पले पूरै बिछ्या गाउँ हल्लाएपछि गाउँलेहरू घरबाट भाग्दै चौरमा जम्मा भइसकेका थिए। हिउँ र पानीमा भिज्दै, डराउँदै उनीहरू चौरमा उभिए।

अलिबेरमा एक जना छिमेकीले त्रिपाल ल्याए। गाउँलेहरू त्यसकै ओतमा बसे। केही घण्टा बितेपछि भने गाउँलेहरू आ–आफ्नो घर हेर्न गए। तिलक पनि घरको अवस्था बुझ्न उकालो लागे।

घर त पूरै भत्केको थियो। भित्र राखिएका अन्नपात, सर–सामानहरू पुरिएका थिए। ‘घरको अवस्था त्यस्तो देख्दा मन रोयो, सामानहरू पनि सबै कहाँ पुरिए, पत्तो भएन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *