×

कोशी प्रदेशस्तरीय इलाम ब्याडमिन्टनको उपाधि संखुवासभालाई

फाल्गुन २१, २०७९ | दाक्सु मिडिया

इलाममा सञ्चालित प्रथम कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ । ब्याडमिन्टनतर्फ जिल्लामा आयोजित ठूलो प्रतियोगिताको उपाधि जित्ने क्रममा खुला डबल्सतर्फ संखुवासभाका प्रविन लिङ्थेप र सिर्जल पोख्रेलको जोडीले भोजपुरका निश्चल खत्री र विशाल तामाङलाई पराजित गरेका हुन् ।

इलाम नगरपालिका-५ बरबोटेस्थित नवनिर्मित कबर्ड हलमा भएको फाइनल खेलमा संखुवासभाले १८ र १४ अंकमा भोजपुरलाई रोकेको हो । विजेता संखुवासभाले ३० हजार प्राप्त गर्‍यो ।

उपविजेता भोजपुरले २० हजार रुपैयाँमा चित्त बुझायो । प्रोतियोगिताको भेट्रान डबल्सतर्फ सुनसरी प्रथम भयो । सुनसरीका भजन चौधरी र श्रवण चौधरीले पाँचथरका दीपक आङदेम्बे र गणेश राईलाई सोझो सेटमा १५ र १८ अंकमा रोक्दै विजयी बने । त्यस्तै ‘बी’ डिभिजन जिल्लास्तरीय प्रतिष्पर्धामा रमेश खत्री र युगमणी लिम्बुको जोडी प्रथम भयो । यो जोडीले गणेश रसाइली र उज्वल राईलाई १३ र १२ अंकमा रोक्न सफल भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: