×

ओलीलाई अनेरास्ववियू अध्यक्षको चुनौती–कसरी क्याच आउट गर्ने चैत ५ गते थाहा हुन्छ

फाल्गुन ३, २०७९ | दाक्सु मिडिया

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठनले जित्ने बताएका छन् ।

अनेरास्ववियू कास्की जिल्ला कमिटीद्वारा आयोजित ‘अखिल कप’ फुटबल प्रतियोगिताको उद्घाटनमा बोल्दै अध्यक्ष पराजुलीले स्ववियु निर्वाचन आफ्नो पक्षमा आउने बताएका हुन् । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा अन्य संगठनलाई छक्का हान्ने बताएका थिए । त्यसको जवाफ दिँदै अध्यक्ष पराजुलीले त्यो छक्का कसरी क्याच आउट गर्नुपर्छ भन्नेकुरा आफूहरूलाई राम्रोसँग जानकारीको भएको बताए । 

‘हिजो मात्र ओलीले केही आफ्ना भारदारहरूको भेलामा भनेछन्, आउँदो स्ववियु निर्वाचनमा अन्य संगठनलाई छक्का हान्ने भनेर धम्की दिएछन् । हामी त्यस्ता मान्छे हौ ओली प्रतिगमनलाई क्याम्पस/क्याम्पसबाट कसरी कसरी क्याच आउट गर्नुपर्छ भन्ने कुरा चैत ५ गतेको फिल्डिङ हेर्न चुनौती दिन्छु,’ अध्यक्ष पराजुलीले भने । 

चैत ५ गतेका लागि तोकिएको स्ववियु चुनावको तयारीलाई आफ्नो संगठनले तीव्रता दिएको उनको भनाई थियो । 

५ दिनसम्म चल्ने प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: