×

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री लामिछाने

असार १७, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरूमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए । उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे ।

गृहमन्त्री लामिछानेले सूचना पाउनासाथ सबै जना बनाउने जाने गर्दा सम्बन्धित कार्यालयमा भिडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले भिडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि बताए ।

गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्षभन्दा माथिका वृद्धवृद्धा र बालबालिकाहरूका लागि विशेष व्यवस्था गरिने पनि बताए ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

उनले भने, ‘भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएनछ भनेपनि पहिलो चरणमा २८ जिल्लाहरूमा नसक्दा पनि हामीले समय राखेका छौँ, भदौ मसान्तसम्म पनि यहाँहरूसँग समय छ । भदौ मसान्तसम्म भर्दा पनि तपाईँले प्राप्त गर्ने, राज्यले दिने सेवा, सुविधाबाट आम नागरिकहरू वञ्चित हुनु पर्दैन । कथम् कदाचित कसैको भदौसम्म पनि छुटेको रहेछ भने स्पष्ट पार्न चाहन्छु, राज्यबाट प्राप्त गर्ने सुविधाबाट नागरिकलाई राज्यले कहिलेपनि विमुख पार्दैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: