चुनावी तालमेलबारे आज मधेशमा छलफल गर्दै सत्तागठबन्धन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २९

स्थानीय तहमा चुनावी तालमेलबारे छलफल गर्न मधेस प्रदेशमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक आज बस्ने भएको छ।

केन्द्रमा सत्तारुढ दलले तालमेलका लागि अपिल जारी गरेपछि प्रदेशस्तरमा निर्णय गर्न मंगलबर बैठक बोलाइएको नेपाली कांग्रेस प्रदेश सभापति कृष्ण यादवले बताए।

चुनावी तालमेलबारे निर्णय गर्न प्रदेशमा पनि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष रहने गरी एक साताअघि कार्यदल गठन भएको थियो।

कार्यदलले २२ गतेसम्ममा पालिका–जिल्ला कमिटी पार्टीसँग आ–आफ्नो संगठनको अवस्थाबारे बुझेर चैत २७ गते बैठक बस्ने निर्णय गरेको थियो। तर गृहकार्य नपुगेको भन्दै आजका लागि बैठक सारिएको थियो।

प्रदेशका सबै स्थानीय तहमा गठबन्धन गर्न कांग्रेस इच्छुक देखिएको छैन। तर केन्द्र र गठबन्धनका अन्य चारदलले यहाँ पनि गठबन्धन गर्न दबाब दिइरहेका छन्।

कांग्रेस सभापति यादवले आवश्यकताका आधारमा मात्र गठबन्धन हुनुपर्ने बताएका थिए।

‘केन्द्रमा गठबन्धन भएको पाँच दलबीच जहाँजहाँ प्रतिष्पर्धा छ त्यहाँ आ–आफ्नो हिसाबले जाने र जहाँ एमाले बलियो छ त्यहाँ हामी पाँच दल मिलेर जाने प्रस्ताव हामीले गरेका छौं,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *