नेपालमा शुक्रबार पनि ३ हजार बढीमा कोरोना, मृतकको कुल संख्या १० हजार नाघ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २२

काठमाडौं, साउन २२ । नेपालमा शुक्रबार ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४९३ जनाको पीसीआर परीक्षणमा २ हजार ४३० र ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २९९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८८५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

यस्तै नेपालमा संक्रमणबाट हालसम्म निधन हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार १९ पुगेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *