सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले बाढी पहिरो पीडितलाई क्षतिको आधारमा राहत रकम प्रदान गर्ने भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षता मंगलबार सम्पन्न कार्यपालिका बैठकले मानवीय क्षति भएकालाई नगद ५० हजार र अन्य क्षति भएकालाई १५ हजारसम्म राहत प्रदान गर्ने निर्णय गरेको हो ।
तीन वर्गमा बिभाजन गरि क्षतिको मुल्यांकन गरिने प्रवक्ता भोजराज कार्कीले बताउनु भएको छ । यस अघि स्थलगत गरिएको अध्ययन र प्राविधिक सहितको टोलीले पेश गरेको प्रतिवेदनका आधारमा क्षतिको मुल्यांकन गरिने गाउँपालिकाले जनाएको छ ।
यस वर्षको भीषण वर्षातसंगै आएको बाढीले गाउँपालिकाको वडा नम्बर ६ मुक्ली,वडा नम्बर १ नेले,वडा नम्बर ५ जुबु र वडा नम्बर ७ देउसा लगायतमा क्षति भएको छ । यस्तै वडा नम्बर ६ स्थित शिकुखोलाले बगाउँदा वडा नम्बर ८ का मिङमार तामाङको मृत्यु भएको थियो । निजको परिवारलाई ५० हजार राहत रकम प्रदान गरिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।
यस्तै, पुर्ण क्षति हुनेलाई नगद १५ हजार,आंशिक क्षति हुनेलाई १० हजार र सामान्य क्षति हुनेलाई ५ हजार राहत रकम प्रदान गरिने प्रवक्ता कार्कीले बताउनु भएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्