महाकुलुङ आधारभूत अस्पतालको नवनिर्मित भवन मंसिर २६ गते उद्घाटन, सांगीतिक प्रस्तुतिसमेत रहने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २२

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१, बुङमा निर्माण सम्पन्न भएको १५ शैयाको महाकुलुङ आधारभूत अस्पताल आगामी मंसिर २६ गते उद्घाटन हुने भएको छ । शल्यक्रिया सेवा सहितको प्राविधिक तयारी पूरा भएपछि कोसी प्रदेशसभा सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ बाट नयाँ भवनको उद्घाटन गरिने गाउँपालिकाले जनाएको छ।

उद्घाटनसँगै मानसिक स्वास्थ्य जागरण र पर्यटन प्रवर्द्धन उद्देश्यसहित भव्य सांगीतिक कार्यक्रमको आयोजना हुने कार्यक्रम संयोजकले जानकारी दिएका छन् । कार्यक्रममा राई इज किङ राजेश पायल राई, कमल खत्री, बबिना किराँती, कुमार प्रयास, अजय अलङ्कार, तथा हास्य कलाकार सुबोध गौतम र उमेश राई (फुलन्देकी आमा) ले प्रस्तुति दिने छन् ।

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङका अनुसार गायक–गायिका राजेश पायल राई, बबिना किराँती र अजय अलङ्कार महाकुलुङ पालिकाका “गानका गायक/गायिका” भएकाले सो अवसरमा विशेष सम्मान प्रदान गरिनेछ । साथै, अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *