पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तानमा भएको आक्रमणमा ९ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा भएको आक्रमणमा ९ जनाको मृत्यु हुनुका साथै एक जना विदेशी कामदारलाई अपहरण गरिएको सुरक्षा स्रोतहरूले बिहीबार बताएका छन् ।

चागी जिल्लाको नेसनल रिसोर्सेज लिमिटेड कम्पनीद्वारा सञ्चालित अन्वेषण तथा अनुसन्भान स्थलमा बुधबार स्थानीय समय अनुसार वेलुका ७ वजे आक्रमण भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हवाले जनाएको छ ।

तामा र सुनको अन्वेषण तथा अनुसन्धान स्थलमा आक्रमण भएको स्रोतहरूले पुष्टि गरेका छन् । आतङ्ककारीहरूले आक्रमणको क्रममा साना हतियारको गोली र अन्डर–ब्यारेल ग्रेनेड लन्चर प्रयोग गरेको तथा तोडफोड गरी इन्धनमा क्षति पुग्नुनुका साथै तीनवटा शिविरहरुमा आगो लगाएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *