अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच प्रत्यक्ष वार्ता सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २

काठमाण्डौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको मध्यस्थतामा इजरायल र लेबनानका राजदूतहरूबीच वासिङ्टनमा दुई घण्टा लामो ऐतिहासिक बैठक सम्पन्न भएको छ ।

सन् १९९३ यताकै यो उच्च स्तरको प्रत्यक्ष संवादमा दुवै देश शान्ति सम्झौताका लागि थप प्रत्यक्ष वार्ता अगाडि बढाउन सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध कम गर्न दबाब दिएसँगै यो वार्ताको बाटो खुलेको हो । यसअघि नेतन्याहुले लेबनानको प्रत्यक्ष वार्ताको प्रस्तावलाई अस्वीकार गर्दै आएका थिए ।

अमेरिका, इजरायल र लेबनानका अधिकारीहरूका अनुसार यो वार्ताको मुख्य उद्देश्य लेबनानमा हिजबुल्लाहको प्रभाव कम गर्नु र उसलाई निशस्त्रीकरण गरी लेबनानी सरकारलाई शक्तिशाली बनाउनु रहेको छ।

लेबनानी राजदूत नादा हमादेहले बैठकमा तत्काल युद्धविरामको आवश्यकता रहेको र सन् २०२४ नोभेम्बरको सम्झौताको पूर्ण कार्यान्वयनमा जोड दिएकी छन्। उनले लेबनानमा भइरहेको मानवीय संकट समाधानका लागि ठोस कदम चाल्न समेत आग्रह गरेकी छन् ।

इजरायली राजदूत येचिएल लेइटरले इजरायलले हिजबुल्लाह विरुद्धको सैन्य कारबाही जारी राख्ने बताएका छन् । उनले लेबनानलाई हिजबुल्लाहको नियन्त्रणबाट मुक्त गराउन दुवै पक्ष ‘समीकरणको एउटै पक्ष’ मा रहेको टिप्पणी गर्दै यसलाई सकारात्मक उपलब्धि मानेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *